|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि स्वास्थ्य मन्त्रालयलाई पठाएको स्वास्थ्य समूहको समायोजनसम्बन्धी लिस्‍टमा गुनासो परेपछि त्रुटि सच्याएर आजै कर्मचारीको नाम सार्वजनिक गरिने भएको छ। 

सामान्यले गुनासो गर्ने व्यक्तिहरुको दोहोरिएको विवरण छुट्याइएको र केहीमा कैफियत उल्लेख गरेर झनै बिगारेर पठाएको छ। कर्मचारी समायोजनको स्वास्थ्यमा २७ हजार ३०३ जनाको समायोजन सूची सार्वजनिक भएको थियो। तर उक्त सूचीमा त्रुटि भएको भन्दै १३ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका थिए।

सरकारले कर्मचारीलाई वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिएको थियो। उक्त अवधिमा गुनासो दर्ता गराएका कर्मचारीको एक/एक विवरण केलाउँदै सामान्यले ७ हजार ७४० गुनासोलाई जायज ठहर गरेको थियो।

‘हामीले गुनासो सम्बोधन गरी सबै मिलेर आयो भनेका थियौँ तर लिस्‍टमा त केही गरिएको रहेनछ, यति जनाको सम्बोधन गर्नुस् भन्दै आएको रहेछ। गुनासो सम्बोधनको पाटो त सुरु नै भएको छैन्, अहिल झन् बिगारेर पठाइएको छ, अब सुरुबाटै गर्नुपर्नेछ।‘ मन्त्रालयका एक कर्मचारीले भने।

पत्र आजैबाट बाँडिन्छ तर समय धेरै लाग्छ :  सचिव थपलिया

यसैबीच, स्वास्थ्य सचिव रामप्रसाद थपलियाले समायोजन सकिन अझै केही महिना लाग्ने बताएका छन्। तर उनले सुरुवात भने आइतबारबाटै गरिने बताएका छन्।

‘हामीले आज मेडिकल बोर्डको सिफारिस लिएर आएका २७ जनालाई पुल दरबन्दीमा रहने गरी समायोजन गर्दै छौँ  त्यसको निर्णय भइसकेको छ, आज बेलुकासम्म वेबसाइटमा राखिन्छ।‘ उनले गुनासो सम्बोधन गरी कर्मचारीले चाहेकै ठाउँमा पठाउनका लागि स्वास्थ्यले विशेष टिम तयार गरेको र त्यो टिमले काम थालिसकेको बताए।

सचिव थपलियाले गुनासोसम्बन्धी व्यवस्थापन गर्न केही समय लाग्ने भए पनि कम गुनासा भएका समूहबाट विस्तारै समायोजनको विवरण प्रकाशित गर्दै जाने स्पष्ट पारे। समायोजनको काममा मन्त्रालय लागिरहेको भन्दै सम्पन्न भएपछि कर्मचारीलाई समायोजनको पत्र कार्यरत संस्थामै पुग्‍ने बताए। उनले समायोजनको पत्रपछि मात्रै पदस्थापन र रमानाको पत्र जाने हुनाले केही समय अझै लाग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.