मुख्यमन्त्री शाहीको उपस्थितिबिना छलफलमा भाग नलिने अडान

|

सुर्खेत : कर्णाली प्रदेशसभामा संघीय संसदको सिको गर्दै विपक्षीले प्रदेशसभा अवरुद्ध गरेको छ। आइतवारको  कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्ष दलको नेता बोल्दा सरकार प्रमुखले सुन्नु पर्ने भन्दै अवरुद्ध गरेको छ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि सदनमा असार १ गते प्रस्तुत गरिएको बजेटको राजस्‍व र व्ययको वार्षिक अनुमान माथि छलफल हुने कार्यसूचीअन्‍तर्गत आइतबारको बैठकमा सभामुख राजबहादुर शाीले प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई छलफलमा भाग लिन समय दिएका थिए।

प्रमुख प्रतिपक्ष दलका नेता शाही रोस्टममा नगएरै आफ्नै स्थानबाट उठेर अनिवार्यरूपमा सदनमा सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति नभएसम्म छलफलमा भाग नलिने भन्दै सांसदहरु उठेर अवरुद्ध गरेका हुन्। ‘सभामुख महोदय, संघमा पनि प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री अनिवार्य उपस्थित हुने प्रचलन छ।

सोही प्रचलनअनुसार कर्णाली प्रदेशमा त्यस्तै कायम गर्नुको साटो संसदको मर्यादामा माथि गम्भीर प्रहार भयो’ नेता शाहीले भने, ‘जबसम्म मुख्यमन्त्रीको उपस्थिति हुँदैन तबसम्म हामी विरोध गरिरहन्छौं।’

सभामुख शाहीले, माननीय सदस्य, तपाईले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ , कृपया बसेर बैठक सञ्चालन गर्न सहयोग गर्नुहोस् भनेर भन्दा

पनि तर प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बजेट जस्तो सम्वेदनशील छलफलमा मुख्यमन्त्रीको सहभागिता नहुनु संसदको प्रतिष्ठामाथि आघात पुग्नुभएको बताए। ‘सभामुखज्यू, मुख्यमन्त्री उपस्थित नभएसम्म यो सदन अगाडी बढन सक्दैन।’ उनले भने, ‘हामीले अनावश्यक र बेमौसमी तरिकाले सदन अवरुद्ध गरेका होइनौं।’

प्रतिपक्षी उठिरहेपछि सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले सभामुख सञ्ग समय मागेर  प्रतिपक्ष दलले अनावश्यक सदन अवरुद्ध गरेको आरोप लगाए।

  ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न समयमा अनावश्यक रुपमा सदन अवरुद्ध गर्दै आइरहेको छ’ उनले भने, ‘बजेट प्रस्तुत गर्ने विभागिय मन्त्री हुँदा हुँदै किन मुख्यमन्त्रीको उपस्थिति चाहियो ? उहाँ उपस्थित भए राम्रो तर नभए पनि छलफलमा कुनै समस्या आउदैन?’

उनले सदनको मर्यादालाई कायम गर्दै बैठक सुचारु गराउन सभामुख लाई आग्रह गरे। सभामुख राजबहादुर शाहीले पटकपटक सदन सुचारु गर्न हयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्ष टसको मस नभए पछि संसद बैठक अवरुद्ध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.