|

रौतहट : खेतमा पानी पटाउनका लागि मोटर संचालन गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ। गौर नगरपालिका ९ सिर्सियाका ४० वर्षीय रामचन्द्र हजराको आइतबार बिहान १० बजेको बिजुलीको तारमा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर अचेत रहेका हजरालाई  उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजादै गर्दा मृत्यु भएको थियो। मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.