|

जाजरकोट : भारी वर्षाका कारण डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ। 

पुल बगाएसँगै जाजरकोट-डोल्पा सडक खण्डभित्र पर्ने डोल्पा खण्डको आवत-जावत अवरुद्ध भएको छ। जुफाल विमानस्थलबाट दुनै आवत-जावतका साथै अन्य तल्लो डोल्पाबाट दुनै आउँने बाटो अवरुद्ध भएको छ। १ महिना अघि मात्र निर्माण गरिएको पुल बाढीले वगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधन थन्किएका छन्। 

विहानै आएको बाढीले पुल भत्काउँदा आवत-जावतमा समस्य भएको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिए। पुल बगाएपछि दुनै र तल्लो डोल्पाको सम्पर्क टुटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.