|

काठमाडौं :  प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहने भएको छ। 

बिहान ११ बजे बोलाइएको आजको बैठकमा विभिन्न ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन गरिएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.