|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाएका छन्। 

संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताएका हुन्। 

 सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रतिनिधीले जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले गस्ती निगरानी बढाएको भन्दै असार ५ गते दिउँसो २ बजे प्रहरी गस्तीको रहेको बेला लालबन्दीमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र  प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएका हुन्।

उक्त घटनामा प्रहरीको गोली लागेर विप्लव समूहका नेता कुमार पौडेल मारिएको मन्त्री थापाले समितिलाई जानकारी गराए। त्यस्तै घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकोले खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

असार ५ गते प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता कुमार पौडेलको निधन भएको घटना पञ्चायत कालको झल्को दिने भएको भन्दै राज्य व्यवस्था समितिका सदस्यहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.