|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीसँगको मुटभेडमा मारिएका कुमार पौडेलको घटनाको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघीय संसद राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत‌ृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज पौडेललाई मुटभेडमा नभई नियन्त्रणमा लिएर मारिएको भन्ने सांसदले कुरा उठाएपछि मन्त्री थापाले छानबिन गर्ने आश्वासन दिएका हुन्। 

'मुटभेडबाट विप्लवका नेताहरूलाई समाप्त पार्ने सरकारको नीति होइन। युद्ध नीति पनि कसैलाई नियन्त्रणमा लिएर मार्ने होइनु' गृहमन्त्रीले भने, ‘सांसदहरूले दिएका सुझावमा ध्यानाकर्षण भएको छ। मुटभेडका नाममा समाप्त पार्ने निर्देशन सरकारले र प्रहरी नेतृत्वले दिएको छैन्। यो घटना विशिष्ट किसिमले आएको छ। यसको छानबिन हुन्छ।’ 

विप्लवसँग वार्ता प्रयास जारी

गृहमन्त्री थापाले विप्लवसँग सरकारले वार्ताको प्रयास जारी राखेको जानकारी दिएका छन्। उनले भने, ‘विप्लव समस्या राजनीतिक ढंगबाट हल गर्ने कोसिस सरकारबाट भइरहेको छ। विगतमा पनि कोसिस भएका छन्। उनीहरूले वार्ता गर्न चाहेजस्तो लागेन। र पनि प्रयास जारी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.