गोली लागेका व्यक्तिको ६/७ ठाउँमा हात भाँचिनु शंकास्पद

|

काठमाडौं : सत्तारूढ दलका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको बताएका छन्। 

सर्लाही घटनामा मारिएका विप्लव समूहका कार्यकर्ता तथा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको सम्बन्धमा संसदीय समितिको राज्य व्यवस्था समितिमा जवाफ दिन उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालका अगाडि नेता शर्माले  विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका हुन्।

 शर्माले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ। तर, जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन।’

गोली लागेर मारिएको व्यक्तिको हात ६–७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उनको भनाइ छ। उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए। त्यस्तै, शर्माले गुठी विधेयकको विरोधमा बाह्य शक्तिले खेलबाड गरेको तर त्यो असमर्थ भएको उनको भनाइ थियो।  गणतन्त्रलाई फेल गराउन केही तत्व लागिपरेको भन्दै त्यसतर्फ सरकार सचेत रहन आग्रह गरे। 

भिडियो

समितका अर्का सदस्य तथा फोरम नेपालका सांसद राम शाहयप्रसाद यादवले  द्वन्द्व मुलुकलाई लैजान नहुने भन्दै गृहका पदाधिकारीलाई सचेत गराए। उनले भने, ‘मुलुकलाई द्वन्द्वमा जान दिनु हुँदैन जनताले कुमार पौडेलको हत्या ठिक  भएन भनेका छन्, रैती ठानेर शासन गर्न पाइँदैन।’ 

तत्काल छानविन गर्न माग

यसको फाइदा उठटाएर धर्मनिरपक्ष र संघियताविरुद्ध राजनीति रोटी सेक्नेहरु खेल्न थालेका छन्, यो घटनालाई सम्वेदशीलरूपमा लिएर सत्यतथ्य बाहिर ल्याउन माग गरे।  नेकपाकी सांसद लक्ष्मी चौधरीले मन्त्रीले भनेका र जनाको कुरा मेल नखाएको हुँदा तत्काल यसको सत्यतथ्य छानबिन गर्न माग गरिन्।

त्यस्तै नेपाली कांग्रेसकी सांसद मिना पाण्डले आफू जिल्लाबासी भएको र पाएको सूचना अनुसार उनको नाकमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको र दुवै हात भाँची पछाडिबाट तीन गोली हानिएको यो घटना कसरी मुडभेड हुन्छ भन्दै तत्काल यसको छानबिन गर्न माग गरिन्।  नेकपाका सांसद झपट रावलले यो घटना नाटक जस्तो र विभत्स भएको भन्दै यसको उत्तर प्राविधिक रुपमा खोज्न सरकारसमक्ष माग गरे। 

त्यस्तै, नेपाली नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले मुलुकालाई द्वन्द्वमा होइन शान्तितर्फ लैजान सरकारसमक्ष माग गरे। नेकपाकै अर्का सांसद रेखा शर्माले पनि संकटकालमा आर्मीको ब्यारेकमा थुनिएका  व्यक्तिलाई भित्र गोली हानेर बाहिर फालेर मुडभेड भन्थ्यो भन्दै यो घटना सोही प्रकृतिको भएको भन्दै छानबिनका लागि माग गरिन्। 

सांसदको जवाफमा जवाफमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कुमार पौडेल विप्लवमा समूहको कार्यकर्ता भएको र उसले सर्लाहीमा ट्याक्टरमा आगो लगाउने, विभिन्न परियोजनामा बम राख्ने,  एनसेल टावरमा आगलागी गराउने गरेको बताए। त्यस्तै, पौडेलले जनतालाई केही महिनादेखि आतंकित पार्दै आएको जनाएका थिए। 

समितिलाई जवाफ दिँदै आइजिपी खनालले हालसम्म विप्लव नेतृत्वको माओवादीका ६४० कार्यकर्तालाई नियन्त्रणमा लिएर राखिएको  बताए।

सम्बन्धित समाचारहरू :

प्रहरीले आत्मरक्षाका लागि गाेली चलायो : गृहमन्त्री थापा 


समिति बैठकमा भक्कानिँदै सांसद गाैतमले भनिन् - मान्छे मार्ने काम बन्द गर 

सर्लाही घटनाको छानबिन हुन्छ : गृहमन्त्री 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.