|

काठमाडौं : इन्टरनेट तथा टिभी समन्वय समिति र नेपाल केवल महासंघले देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द गरेका छन्। सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि नेपालमा विदेशी विज्ञापन आउने च्यानल बन्द भएका हुन् ।

प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानल क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्न लागिएको छ। यी संगठनले विज्ञापन ऐन आउँदा हुने अवस्था ग्राहकलाई बुझाउन विदेशी च्यानल बन्द गरिएको जनाएका छन्। 

राष्ट्रिय सभामा दर्ता  विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टिभी व्यवसायी आन्दोलित छन् । केवल टिभी व्यवसायीले क्लिन फिडको विरोधमा असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका थिए। 

नेपालमा प्रसारितमध्ये ८५ प्रतिशत च्यानल विदेशी हुन् । त्यसमा धेरै भारतका छन्। इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन अव्यवहारिक हुने जनाइसकेको छ। नयाँ कानुनले डिजिटल टिभी व्यवसायको अर्बौं लगानी डुब्ने र संविधानमा सुरक्षित सूचना तथा मनोरञ्जनको हकबाट जनता वञ्चित हुने महासंघल जनाएको छ। 

सोमबार दिउँसोदेखि भारतका चर्चित हिन्दी च्यानल, खेलकुदका च्यान, मनोरञ्‍जन र अन्य सबै किसिमका विदेशी च्यानल बन्द भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.