|

रौतहट : भौतिक पूर्वाधारले सुविधा सम्पन्न विद्यलय बनाउने उदेश्यले  नमुना विद्यालय निमार्णका लागि रौतहटको ८ वटा विद्यालयको अनुगमन गरिएको छ। शिक्षा विभागका अनुगमन शाखाका उपनिर्देशक गेहनाथ गौतमसहितको टोलीले जिल्लाको विभिन्न ८ वटा विद्यालयको भौतिक पूर्वाधार तथा विभिन्न अवस्थाको बारे अनुगमन गरेको हो।

एउटा जिल्लामा १ वटा नुमना विद्यालय निर्माण गर्ने राज्यको लक्ष्यअनुरूप रौतहटका ८ वटा विद्यालयले नुमना विद्यालय निर्माण गर्नका लागि फारम भरेका थिए। सोहीअनुसार ती विद्यालयहरूको अनुगमन गरेको शिक्षा विभागका अनुगमन शाखाका उपनिर्देशक गेहनाथ गौतमले जानकारी दिएका छन्।

फतुवा विजयपुर नगरपालिकामा रहेको विभिन्न विद्यालयको अनुगमन गरिएको छ। अनुगमन टोली मावि दुधिअवा, मावि वरगजवा, सरस्वती मावि मलाहीटोल, मावि भवानीपुर, मावि कनकपुर, मावि जंगलसाहिया, शंकर गुदर माबि समनपुर र नेपाल मावि विश्रामपुरमा अनुगमन गरिएको शिक्षक रन्जन खरेलले जानकार दिए।

अनुगमन टोलीमा शिक्षा विभागका अनुगमन शाखाका उप निर्देशक गेहनाथ गौतम , रौतहट जिल्ला समन्वय इकाइ प्रमुख गोकर्ण ध्वज कार्की, बिधालयका शिक्षक रन्जन खरेल रहेका थिए। अनुगमन गरेका मध्येबाट एउटा बिद्यालयलाइ नमुना बिद्यालय निमार्णको लागी राज्यले करिब १० करोड रुपैया रकम अनुदान दिनेछ।यस अघि पनि रौतहटका ७ वटा बिद्यालय नमुना बिद्यालयको रुपमा राज्यसँग सेवा लिएका थिए।

जनज्योति माबि चन्द्रनिगाहपुर,कटहरिया माबि,सोनरनिया माबि लगायतका बिद्यालयहरु नमुना बिद्यालयमा परेका थिए। यता, रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ असनवा स्थीन आधारभुत बिद्यालय असनवाका बिद्यार्थीहरु जोखिम भवनमा बसेर अध्ययन गरिरहेका छन। गत २०७२ सालमा आएको भुकम्पले धराप अबस्थामा रहेको भवनमा सो बिद्यालयका बिद्यार्थीहरु अध्ययन गर्न र शिक्षकहरु अध्यापन गरिरहेको सोही बिद्यालयका प्रधानाध्यापक फणि तिमलसिनाले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.