|

कञ्चनपुर : महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका सोमवारका खेल प्रभावित भएका छन। आइतबारबाट निरन्तर रुपमा भइरहेको वर्षाले प्रतियोगिताका तीन वटा खेल प्रभावित भएका छन्।

सोमबार हुने भनिएको एपीफ र प्रदेश ५ बीचको पहिलो खेलका दुवै टोली अंक बाँड्न बाध्य भएका छन्। प्रतियोगिताका टेक्निकल प्रमुख विनयकुमार झाले निरन्तर भइरहेको वर्षाका कारण खेल प्रभावित भएको बताए। उनका अनुसार वर्षाका कारण प्रतियोगिताका चार खेल प्रभावित भएका छन्। त्यस्तै सोमबार नै तय गरिएको प्रदेश १ र प्रदेश ३ बीचको खेल पनि हुन सकेनन्।

वर्षाले खेल अवरुद्ध बनेपछि दुवै टोलीले अंक एक/एक अंक बाँडेको टेक्निकल प्रमुख झाको भनाई रहेको छ। मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेका अन्तिम चार टिमबीच खेल हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.