|

महोत्तरी : नगरपरिषद्को  पूर्वसन्ध्यामा रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। सोमबार नगरउपप्रमुख सीता देवी साहले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गरेकी हुन्।

आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना तर्जुमा कार्यक्रम अगाडि बढ्न नसकेको तथा प्रमुखले केही वडाध्यक्षसँग मिलेर मनपर्दी रूपमा कर उठाउँदै आएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपप्रमुख साहले बताइन्।

त्यस्तै नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डलले उपप्रमुखको अधिकारमाथि हस्तक्षेप गरेको र यस सम्बन्धमा नगरप्रमुखले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले बताए। न्याय नपाएसम्म तालाबन्दी जारी रहने उनको भनाइ छ।

सरकारी गाडीलाई उपप्रमुखले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख मण्डलले बताए। उपप्रमुखले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गर्दै आएको नगरप्रमुख मण्डलको आरोप छ। नगरपालिकाको मुलगेटमा ताला लागेपछि मङ्गलबार हुने भनिएको नगरपरिषद् नहुने निश्चित बनेको छ।

यसैबीच महोत्तरीको भंगहा नगरपालिकाको चौथो नगरसभा आज शुरु भएको छ। एक समारोहकाबीच नगरप्रमुख संजिवकुमार साहको अध्यक्षतामा नगरसभा उद्घाटन गरिएको हो। नगरभामा आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.