|

काठमाडौं : हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले महोत्तरी बर्दीबासमा नमूना बस्ती निर्माण गर्ने भएका छन्।

पछिल्लो समय सामाजिक कार्यमा सक्रिय उनीहरुले 'मानवता र सद्‍भावका लागि सहकार्य एकीकृत नमूना मुसहर बस्ती परियोजना' को घोषणा गरेका हुन्।

सिताराम र कुञ्जनाले भिडियोमार्फत मुसहर बस्ती निर्माण परियोजनाको घोषणा गरेका हुन्। भिडियोमार्फत उनीहरुले सहयोगका लागि अपील गरेका छन्।

मुसहर बस्तीमा ५० परिवारका लागि झन्डै ५ करोडमा नमूना बस्ती निर्माण गर्न लागिएको सितारामले बताएका छन्। उनले यसलाई 'अर्को आँट' भनेका छन्।

मुसहर नमूना बस्तीको बनाउने 'आँट'

गतवर्ष पुसमा हाँस्य कलाकार सिताराम र कुञ्जना पूर्व पश्चिम राजमार्ग सरसफाई अभियानका क्रममा महोत्तरीको बर्दिबास २ मुसहर बस्तीमा पुगेका थिए। 'बस्तीको दर्दनाक अवस्थाले अत्यन्तै भावुक बनाएको थियो' सितारामले भनेका छन्।

कुञ्जनालाई मुसहर बस्तीको गरिबी, बालबिबाह, अशिक्षाको अवस्थाले भावुक बनाएको रहेछ। उनले भनेकी छन्, 'गरिबी, अशिक्षा, बालबिबाह जस्ता एकदमै दयनीय अवस्था रहेको त्यो बस्तीलाई देख्दा हाम्रो मन कता कता एकदमै भावुक बनेको थियो।' उनले त्यतिखेर  मुसहर बस्तीको मुहार फेर्न पाए हुन्थ्यो लागेको बताएकी छन्।

सितारामले तेस्रो बस्ती निर्माणसम्म पुग्दा सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, 'जसरी यसअगाडीका अभियानमा सहयोग गर्नुभएको थियो त्यसरी नै अगामी परियोजनामा पनि सहयोग गर्न अपील गर्दछौं।'

यो परियोजना पुस १५ देखि सुरु गरेर २०७३ चैतसम्म सम्पन्न गरिसक्ने बताइएको छ।

यसअघि सिताराम र कुञ्जनाको नेतृत्वमा रहेको 'धुर्मुस सुन्तली फाउन्डेसन' ले काभ्रे पाँचखालस्थित पहरी बस्तीमा नमूना बस्ती निर्माण गरेको थियो भने सिन्धुपाल्चोकको गिारान्चौरमा भूकम्प पीडितका लागि नमूना बस्ती निर्माण गरेको थियो।

सहयोगको अपील सहितको भिडियो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.