|

पर्सा : हुण्डीको कारोवार गरेको ठहर गर्दै पर्सा प्रहरीले वीरगन्जको केपी स्वर्ण कलाकेन्द्रमा छापा गरेको छ।

छापा मारी श्रोत नखुलेको ठूलो परिणामको नगदसहित ८ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरु मध्ये दुई जना भारतीय नागरिक पनि रहेको पर्साका प्रहरी उपरिक्षक सोमन्द्र सिंह राठौरले बताए।   

अवैध ढंगले हुण्डीको कारोवार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले सोमबार अपरान्ह ३ बजेपछि छापा मार्दा श्रोत नखुलेको  ४१ लाख ९२ हजार ९०० रुपैया बरामद भएको प्रहरी उपरिक्षक राठौरले बताए। चाँदी पनि ठूलो मात्रामा फेला परेकोले आन्तरिक राजश्व कार्यालय पर्साको समन्वयमा चेकजाँच भइरहेको उनको भनाइ छ। 

श्रोत नखुलेको उक्त परिणामको नगद फेला परेपछि भारतको चेरगाहाका राजकपुर साह, मोतिहारीका सुनिल प्रसाद र पर्साको विन्दवासीका सुजित कुमार, वेल्वाका चन्दन सर्राफ, चन्द्रनिगाहपुरका सूर्य बहादुर, चैनपुर बाराका गुलाव साहसहित वीरगन्जका राकेश कुमार सिंह र घनश्याम सर्राफ पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ। 

प्रहरी उपरिक्षक राठौरले भने नाम अलिपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने दावी गरे। नगदमा पनि कुन नोट कतिकति वटा छन्? र कसरी यहाँ यो रकम आइपुग्यो भन्ने थप अनुसन्धान पछि विस्तृत जानकारी दिने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.