|

अछाम : अछाममा दुईवटा वडा कार्यालयमा आगजनि भएको छ।

पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको हो। पञ्चदेवल विनायकमा आगजनिबाट कार्यालयमा रहेका  सामाग्रीहरु जलेर नस्ट भएका छन्। 

वडा कार्यालयका कागजातहरु जलेर नस्ट भएको प्रहरीले बताएको छ।  मंगलबार विहान  २ बजेको समयमा आगजनी भएको हो। आगजनी भएको करिब १५ मिनेट भित्र स्थानियले आगो नियन्त्रणमा लिएका थिए। ‘घटना स्थलमा पेट्रोल हालिएको बोतल भेटिएको छ’ घटनास्थल पुगेका प्रहरी निरिक्षक कलेन्द्र शाहीले भने ‘घटनाको छानविन कार्य सुरु भएको छ।’ 

 घटनामा प्रतिबन्धित विप्लव समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको कुनै पक्षले पनि जिम्मेवारी लिएको छैन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.