|

चितवन : सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। 

सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अधिकारी  नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति  हुन्।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै  गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना २७ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।  

मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालकचालक फरार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.