|

गुल्मी : गुल्मीमा घाँस काटने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको कालिगण्डकी गाउँपालिका वडा–२  अर्बेनीकी ३४ वर्षिया सरस्वती न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। सोमबार  दिउँसो करिब ५ बजेतिर  आफनै खरबारीमा घाँस  काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए।

शवको रुरु स्वास्थ्य केन्द्रमा पोष्टमाटम गरि मंगलबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.