विश्व

इरानका सर्वोच्च नेतासमेत अमेरिकी प्रतिबन्धको सूचीमा
SHARES

इरानले भन्यो : ट्रम्पलाई युद्धको प्यास छ

असार १०, २०७६

    अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्। नयाँ प्रतिबन्धको सूचीमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खुमेनी पनि परेका छन्।

    इरानमाथि थप प्रतिबन्ध लगाएको घोषणा गर्दै ट्रम्पले खुमेनीलाई प्रतिबन्धको सूचीमा राख्नु अत्यधिक जरुरी रहेको बताएका थिए। प्रतिबन्ध लगाउनुको कारण इरानले अमेरिकी ड्रोन खसाल्नु लगायतका अन्य कारण रहेको ट्रम्पले बताएका छन्।

    ह्वाइटहाउसमा मंगलबार पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले भने, 'इरानका सर्वोच्च नेता उनको शासन सत्ताले गर्ने सबै कामका लागि जिम्मेदार छन्। उनलाई इरानमा अत्यधिक सम्मान दिइन्छ। उनको अन्तर्गत सबैभन्दा खतरानाक चिज आउछन्। त्यसमा इस्लामिक रिभोल्यूसनरी गार्ड्स को सेना पनि हो। यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता, उनको भवन र उनीसँग सम्बन्ध राख्ने सबै व्यक्तिलाई कुनै पनि प्रकारको आर्थिक सहयोगबाट वञ्चित रहनेछन्।'

    अमेरिकी प्रतिबन्धलाई इरानले भने युद्धको उन्मादको संज्ञा दिएको छ। इरानले युद्धतर्फ अमेरिकाको अर्को कदम बताएको छ। इरानका विदेशमन्त्री जावेद जरीफले सामाजिक संजाल ट्विटरमा प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति बताएका छन्। उनले लेखेका छन्- ट्रम्पलाई युद्धको प्यास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]