|

काठमाडौं : प्रहरीले नेत्रविक्रम चन्द विप्लवका लागि चन्दा असुलीमा संलग्न एक ट्याक्सी चालकलाई पक्राउ गरेको छ। काठमाडौंको बौद्ध बस्दै आएका खोटाङको मंगलटार गाउँपालिका- ६ घर भएका २९ वर्षीय भविराज राईलाई प्रहरीले सुकेधारबाट सोमबार पक्राउ गरेको हो।

उनको साथबाट चन्दा असुली रसिद र विप्लप समूहको दस्तावेज बरामद भएको छ। प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जाँच गर्ने क्रममा राईले चलाएको बा.२ ज ३८७१ नम्बरको ट्याक्सीबाट चन्दा असुली गर्ने रसिद, अखिल क्रान्तिकारी यातायात मजुदर संघको सदस्य रसिद ५० थान, संघको पर्चा ३ सय थान बरामद भएका छन्। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.