|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा दण्डहीनता बढिरहेको निष्कर्ष निकालेको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा हत्या गरेबाट दण्डहीनता बढेको पुष्टि हुने आयोले जनाएको छ। 

आयोगका अध्यक्ष अनुपराज शर्माले प्रहरीले इन्काउन्टरको नाममा पौडेलको हत्या गरेर मुलुकमा झनै दण्डहीनता बढाउने काम गरेको निष्कर्षमा निकालिएको बताए। 

सोमबार अबेर ललितपुरस्थित आयोगको कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा बोल्दै उनले प्रहरीले घटनाको अनुसन्धान नै प्रभावित पार्ने गरी इन्काउन्टरमा मारिएको भनेकोमा आपत्ति जनाए। 

अध्यक्ष शर्माले सरकारले ल्याएको मानव अधिकार आयोग ऐनसम्बन्धी विधेयक र प्रेस स्वतन्त्रताविरोधी विधेयक मानव अधिकारको ठाडो उलंघन हुनेगरी आएको पनि स्पष्ट पारे। 

अध्यक्ष शर्माले मानव अधिकार आयोग ऐन संशोधन गर्न बनेको विधेयक मानव अधिकार आयोगलाई नियन्त्रण गर्ने गरी आएको दावी गर्दै मान्य नहुने पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.