|

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षबाट रोटा भाइरसबिरुद्धको खोप सञ्चालनमा ल्याउने भएको छ।

खोप ‘सप्लाई’ गर्ने जिम्मा लिएको बेल्जियन कम्पनी ग्ल्याक्सो स्मिथ क्लाइन फर्मासिटिकल्स (जिएसके) खोप अभाव नहुने प्रतिवद्धता जनाएपछि सरकारले आगामी पुस माघबाट खोप सञ्चालन गर्ने भएको हो।

गत मंसिर-पुसदेखि नै खोप सञ्चालन गर्ने भनिए पनि जिएसकेले खोपको अभाव देखाउँदै अन्तिम अवस्थामा हात झिकेपछि यो कार्यक्रम रोकिएको थियो। अहिले पुन जिएसकेसँगै ग्लोबल एलायन्स फर भ्याक्सिनेशन एण्ड इमुनाइजेशन (गाभी) ले अभाव नहुने बताएकाे छ। 

गाभीले खोप पर्याप्त मात्रमा उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि सोमबार राष्ट्रिय खोप समन्वय सल्लाहकार समितिबाटै खोप सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए।

‘हामीले आउँदो पुस माघबाट यो खोप शुरु गर्ने निर्णय हिजो मात्रै गरेका छौँ। जिएसकेले नै नयाँ प्रारुप तयार पारेको रोटाविरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ। एक वर्ष ढिलो भए पनि कार्यक्रम शुरु हुने भएको छ‘ डा गौतमले भने।

बालबालिकाको मृत्युको मुख्य कारक तत्वमध्येको एक झाडा पखला र झाडा पखला गराउने मुख्य तत्व रोटाभाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेपछि यो निशुल्क खोपको संख्या १२ पुग्नेछ ।

डा गौतमका अनुसार यो खोप एक वर्ष भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्ता उमेर समूहमा दिइने गरिन्छ। ‘यो खोप एक वर्ष मुनि उमेर समूहका ६ लाख ३० हजार बालबालिकालाई दिने योजना छ।  

बालबालिकाको मृत्युको मुख्य कारकमध्येको एक झाडा पखाला र झाडा पखाला गराउने मुख्य तत्त्व रोटा भाइरसविरुद्धको खोप रोटा रिक्स राष्ट्रिय खोप सरकारले कार्यक्रममा सञ्चालन  गर्ने योजना गरेको थियो। यो खोप समावेश भएपछि राष्ट्रिय खोप कार्यक्रममा १२ वटा खोप समावेश हुने छ। खोप शाखा प्रमुख डा गौतमका अनुसार यो खोप एक वर्षभित्रका बालबालिकालाई छ साता र १४ साता उमेर समूहमा दिइने गरिन्छ।

झाडा पखालाले कैयौँ बालबालिका कुपोषणको शिकार हुने गरेका छन्। केहीको मृत्युको कारण पनि झाडापखाला नै बन्ने गरेको सरकारी तथ्यांक छ।

झाडा पखालाका कारण गत वर्ष ३३ जना बालबालिकाले ज्यान गुमाएका थिए भने साढे दुई लाख बालबालिका झाडापखालाबाट ग्रसित भएको तथ्यांक छ। तीमध्ये १५ सय बढीमा कडा जलवियोजन देखिएको सरकारी तथ्यांक छ।

रोटा भाइरसविरुद्धको खोप प्रयोगमा आए झाडा पखालाबाट बालबालिकालाई बचाउन सकिने चिकित्सक बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.