|
फाइल तस्बिर

सोलुखुम्बु : प्रहरीले सोलुखुम्बुका छुट्टाछुट्टै स्थानमा दुई जनालाई पक्राउ गरेको छ।

बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। १२ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सोलुदूधकुण्ड नगरपालिका ५ बस्ने २५ वर्षीय सुशील तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

 जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार सोमबार साझ ६:३० बजेको समयमा आरोपित युवकले परिवर्तित नाम 'सगरमाथा १ डि वान'लाई फकाइफुल्याई बाइकमा राखेर शेर्गाखोप जगंलमा लगी जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ। बालिकाको परिवारले दिएको जाहेरीको आधारमा सोमबार साझ नै सल्लेरीबाट आरोपित युवकलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

पीडित बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, किशोरी बलत्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सोलुखुम्बुको लिखुपिके गाउँपालिकाबाट सुस्तमनस्थितिकी किशोरी बलात्कारको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका-६ का ३१ वर्षीय दिलबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार साँझ ६:४५ बजेको समयमा रामेछापकी १७ वर्षीया परिवर्तित नाम 'सगरमाथा १ सि टू' लाई बलात्कार गरेको अभियोगमा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

लिखुपिके गाउँपालिका-२ साविक गोलीको राङ्दामा अभियुक्त परियारले करणी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले दावी गरेको छ। आरोपित परियाराई असार ९ गते सोमबार पक्राउ गरि मंगलबार म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

पीडित किशोरीको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मामा रहेको प्रहरीले बताएको छ। आरोपित परियार लिखुखोलामा निर्मानाधिन एक हाइड्रोपावरका मञ्जदुर थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.