राजदूतको जवाफ : आफैँ अध्ययन गर्नू

|

काठमाडौं : ऊर्जा जलसोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले चिनियाँ लगानीकर्ताले नेपालमा समयमै काम समपन्न गर्न नसकेको विषयमा चासो राखेका छन्। उनले मंगलबार नेपालका लागि चिनियाँँ राजदूत होउ यान्छीबीच भेटवार्ता भेट वार्तामा यस्तो जिज्ञासा राखेका हुन्। 

उनले चिनियाँँ लगानीकर्ता र निर्माण कम्पनीहरूले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए। जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले भोगेका समस्याका बारेमा जानकारी दिँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन्। चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियाँ राजदूतको भनाई थियो।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र वजार विस्तारको लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि पहल गरिदिन आग्रह गरे। उनले सरकारले जलविद्युतको लागि भारत र वंगलादेशमा बजारको लागी पहल जारी राखेको जानकारी गराए। 

‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागी हामी पहल गरिरहेका छौं, भारत र वङगलादेशसंग समेत यसवारेमा छलफल भइरहेको छ। यसमा चिनियाँ लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ।’ मन्त्री पुनले  भने।

उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागि समन्वय गरिदिन आग्रह गरे। त्यस्तै मन्त्री पुनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नको लागि थप दुई खर्ब अपुग भएकोले चिनियाँ सहयोगको लागी पहल गरिदिन आग्रह गरे। 

भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको बताइन्। उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी गराइन्। राजदूत यान्छीले भनिन् ‘ चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ। त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागी पहल गरिरहेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.