|

सल्यान : जिल्लाको छत्रेश्वरी गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ। अनुदानमा हाते ट्याक्टर पाएपछि खेतबारी जोत्न गोरु खोज्नु पर्ने समस्या टरेकोमा किसान खुशी बनेका छन्।

गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी उत्पादन बढाउने उद्देश्यका साथ गाउँपालिका क्षेत्रभित्रका कृषि उत्पादन गर्ने किसानलाई आधुनिक कृषि औजार वितरण गरेको जनाएको छ।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा गाउँपालिका भित्रका १० किसानलाई हाते ट्याक्टर वितरण गरेपछि व्यावसायिक उत्पादनमा किसानको आर्कषण बढ्ने गाउँपालिका उपाध्यक्ष सीता केसीले बताइन्। कृषिलाई व्यावसायिक र यान्त्रिकिकरण गरेर छिटोछरितो रुपमा काम सम्पन्न गर्न हाते ट्याक्टर प्रभावकारी बन्ने उनको भनाइ छ।

गाउँपालिका भित्रका कृषि समूह, कृषि सहकारी, व्यक्तिगत फर्म र व्यावसायिक कृषकहरुलाई औजार उपलब्ध गराइएको गाउँपालिका कृषि शाखा प्रमुख अमर बवालले बताए।

अनुदानमा ट्याक्टर पाएपछि गाउँमा कसको गोठमा गोरु छन् भनेर खोज्नु पर्ने समस्या हटेको किसानको भनाई छ। गोरु जोज्न खर्च हुने समय अब व्यावसायिक उत्पादनमा लगाइनेको उनीहरूको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.