दुईको अवस्था गम्भीर

|
File Photo

रौतहट : थुनुवा बोकेको गाडी दुर्घटनामा पर्दा ६ प्रहरी र ४ थुनुवा घाइते भएका छन्।

रौतहटको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडीले थुनुवाको म्याद थप्न सदरमुकाम गौर जाँदा दुर्घटना हुँदा ६ प्रहरीका साथै ४ थुनुवा घाइते भएका हुन्। ना१ झ ५३८९ नम्बरको गाडी दुर्घटनामा परेको हो।

वीरेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-१० बालचनपुरमा दुर्घटना भएको हो। घाइतेमध्ये थुनुवा २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

लागुऔषध  मुद्दा चलेका रमेश कुमार चौधरि र निर्मल साह गम्भीर घाइते रहेका हुन्। उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी जवान अजय यादब र संजय कार्कीको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्यको विवरण खुलेको छैन। गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको स्थानीयले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.