नयाँ बजेट ल्याउँदा चालु बजेट ३८ प्रतिशत मात्रै खर्च

|

काठमाडौं :  जेठ मसान्तसम्ममा चालु आर्थिक वर्षको बजेट ३८ प्रतिशत मात्रै बजेट खर्च गरेको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि पाँच अर्ब १७ करोड रुपैयाँको बजेट पेश गरेको छ। बजेटको ११ प्रतिशत स्रोत चालु आर्थिक वर्षबाट बचत रहने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा चार अर्ब ६० करोड रुपैयाँको बजेट विनीयोजन गरिएकोमा जेठ मसानतसम्म एक अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ। यो जम्मा बजेटको ३८ प्रतिशत रकम भए पनि आगामी वर्षअन्तसम्म ८९ प्रतिशत खर्च पुर्‍याउने लक्ष महानगरपालिकाको रहेको छ।

महानगरपालिले पुँजीगत खर्च तर्फ चालु वर्षको तुलनामा १५ करोड रुपैयाँ बजेट बढाएको छ। जसअनुसार दुई अर्ब ५६ करोड रुपैयाँ पुँजीगत खर्च तोकिएको छ। त्यस्तै चालु खर्च चालु वर्षको तुलनामा सात करोड रुपैयाँ वृद्धि गरिएको छ। जसअनुसार चालु खर्च एक अर्ब १२ करोड रुपैयाँ विनीयोजन गरिएको छ।

त्यस्तै साझेदारी कfर्यक्रमको लागि एक अर्ब दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालु वर्षमा ८४ करोड रुपैयाँ विनीयोजन गरिएको थियो।

महानगर प्रमुख चिरिबाबु महर्जनले पेश गरेको बजेटमा मुख्य प्राथमिकता पूर्वधार विकासलाई दिइएकव छ।  पूर्वधार विकासमा मात्रै ३८ प्रतिशत बजेट विनीयोजन गरिएको छ। पुर्वधार विकास अन्तर्गत ५० लाख रुपैया सम्मको लागत साझेदारी गर्न इच्छुक नीजि लगानी कर्तालाई वढीमा १० वर्ष सम्म संचालन गर्ने गरी सम्बन्धीत वडाले आवश्यकता अनुसार सार्वजनिक शौचालयको निर्माण र संचालन सार्वजनिक नीजि साझेदारी अवधारणा अनुसार सम्झौता गर्न सक्ने नीति ल्याइएको छ। 

नगर क्षेत्रका ४ मिटर भन्दा घटी चौडा भएका र वारपार नखुलेका सडकहरुमा प्राविधिक सम्भाव्यताको आधारमा पिसिसि नगर्ने र घनावस्ती, सम्पदा क्षेत्र तथा पर्यटकीय स्थानहरुमा आवश्यकतानुसार ईट्टा, ढुङ्गा र व्लक छाप्ने कार्य लाई प्राथमिकता दिइने जनाइएको छ। 

 चक्रपथ पूनःनिर्माण पश्चात ताल्छिखेलदेखि एकान्तकुना सम्म दुवै क्षेत्रबाट जाने ढल तथा बर्षादको पानी सम्वन्धित आयोजनाले एकान्तकुनामा बिर्सजन गरेको र सो स्थानमा फोहर ढल र बर्षादको पानी मिसिइ तल्लो बस्तीमा समेत असर पारेकोले एकान्तकुना देखि नख्खु पुल सम्मको ढल निर्माण कार्य काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडसँग संमन्वय गरी कार्य अघि बढाईने जनाइएको छ। 

 स्वीकृत योजनाको उपभोक्ता समितिले लागत सहभागिताको अंश रकम महानगरपालिकामा दाखिला गरे पछि मात्र योजनाको सम्झौता गर्ने तर ऐतिहासिक पुरातात्वीक पोखरी, वडा कार्यालय भवन, विश्व सम्पदामा सूचिमा सूचिकृत सम्पदा, महानगरपालिका स्तरीय भवनहरु, सार्वजनिक पार्क, अपांगमैत्री फुटपाथ निर्माणका योजनामा जनसहभागिताको अंश समाबेस नगर्ने नीति अवलम्वन गरिने जनाइएको छ। 

महानगरपालिकाले स्रोत तर्फ दुई अर्ब ६५ करोड रुपैयाँ आन्तरिक स्रोत उठ्न प्रक्षेपण गरेको छ। त्यस्तै नेपाल सरकारबाट ९८ करोड ४६ लाख प्रदेश सरकारबाट प्राप्त अनुदान १२ करोड ३६ लाख, साझेदारी कार्यक्रम अन्तर्गत ३८ करोड ५२ लाख, ४३ करोड स्थानीय तहले लिएको अनुदानका साथै गत वर्षबाट बचत भएको ६० करोड बजेट स्रोतका रुपमा लिएको छ।

चालु वर्षको बजेट समयमै पेश गर्न नसकेको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट भने समयमै पेश गरेको हो। 

यस्तो छ पूर्ण बजेटः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.