|
तस्विर : (एनएसजेएफ)/मनोनयनको बारेमा जानकारी गराउँदै छनोट समितीका संयोजक गोविन्द रेग्मी

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गतको ४ विधाको मनोनय सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो।

को-को परे छनोटमा

मञ्चले गोविन्द रेग्मीको नेतृत्वमा गठन गरेको खेलाडी छनोट समितिले सार्वजनिक गरेको मनोनयनमा सबैभन्दा बढी क्रिकेटबाट रहेका छन्। ४ वटा विधामा ५ जना क्रिकेट खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन्। वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, प्याराग्लाइडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ रहेको छन्।

वर्षको उत्कृष्ट महिला खेलाडी विधामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन्।

वर्षको युवा खेलाडीतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजीतकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन्।

त्यस्तै प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, प्याराग्लाइडिङका योगश भट्टराई, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरी खड्का मनोनयनमा परेका छन्।

मञ्चले पिपल्स च्वाइस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिसकेको छ। एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन रहेका छन्।

अवार्डअन्तर्गत नै पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पाटर्स जर्नालिस्ट अवार्ड भने कार्यक्रममै घोषणा गरिनेछ। वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ।

पल्सर स्पोट्र्स अवार्डको मुख्य प्रायोजकका रुपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ। यस्तै, मुख्य सह–प्रायोजकको रुपमा किरण सु-म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार, मुख्य सह–प्रायोजक (पावर्ड बाइ) र अर्को मुख्य सह–प्रायोजकको रूपमा डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ।

यसैगरी, अवार्डको प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्नेछ। एसएमएस भोटिङका लागि आप्का नेपालको टिएचटी लाइभ, सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोट्र्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग पनि प्रायोजन सम्झौता भइसकेको छ।


पल्सर स्पोर्ट्स अवार्ड२०७५

बर्ष २०७५ का उत्कृष्ट पुरुष खेलाडी

युकेश गुरुङ (पाराग्लाइडिङ)   

–१८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टमा रजत विजेता

–स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ड कपमा कांस्य पदक विजेता

–एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा पाँच मध्ये चार चरणमा गोल पूरा

–एसियाडको डेब्यु खेलमै सर्वाधिक स्कोर, स्वर्णका लागि केवल २७ अंकले पछि

–जापानले कुल ११हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजतजित्यो

पारस खड्का (क्रिकेट)

–नेपाललाई पहिलो एकदिवसीय श्रृंखला जिताउने कप्तान

–युएईलाई तीन म्याचको एकदिवसीय श्रृंखलामा २–१ ले हराउँदा महत्वपूर्ण प्रदर्शन

–अन्तिम तथा निर्णायक खेलमा नेपाली क्रिकेट इतिहासकै पहिलो शतकप्रहार गर्दै नेपाललाई जितउन्मुख गराउन सफल

–पारसकै कप्तानीमा नेपाललाई आईसिसि टी–२० बिश्वकप एसिया रिजनल क्वालिफायरको उपाधि

–नेपालले एक बर्षमा खेलेका सबै एकदिवसीयमा बलिङ्ग र ब्याटिङ्ग दुबैतर्फ दमदार प्रदर्शन

–पारसले नेदरल्यान्ड्सलाई हराएर पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितेको खेलमा अर्धशतक प्रहार र अन्तिम ओभरमा निर्णायक बलिङ्ग

सोमपाल कामी (क्रिकेट)

–नेपालले खेलेका हरेक प्रतियोगिताहरुमा उल्लेखनीय प्रदर्शन । युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखलामा पराजित गर्दा बलिङ्ग र ब्याटिङ्ग दुवै तर्फ महत्वपूर्ण प्रदर्शन

–युएईबिरुद्धको दोश्रो एकदिवसीयमा पाँच विकेटको प्रदर्शन

–नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पाँच विकेट लिने पहिलो खेलाडी 

–युएई भ्रमणमा कुल एघार विकेट

शुक्रबहादुर राई (गल्फ)

–व्यावसायिक खेलाडीलाई पछि पार्दै सूर्य नेपाल इस्टर्न ओपनको उपाधी जित्न सफल

–सूर्य नेपाल गल्फ टुरको तीन एमेच्योर उपाधि

–३४ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक

–भियतनाममा भएको फाल्डो सिरिज गल्फको लागि नेपालबाट छनोट

इन्द्र बहादुर श्रेष्ठ (जुडो) 

–दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा स्वर्ण पदक

–भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई हराउदै स्वर्णको हकदार

–थाईल्याण्डमा सम्पन्नयुनिभर्सिटी जुडो च्याम्पियनसिपमापनि स्वर्ण विजेता

–एसियन गेम्स र विश्व जुडो च्याम्पियनसिपमा सहभागी


वर्ष २०७५ काउत्कृष्ट महिला खेलाडी

सावित्रा भण्डारी (फुटबल)

–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन

–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान

–महिला साफच्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बन्न सफल

–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी

–प्रधान सेनापतिकपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोल कर्ता

–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार)

सरस्वती चौधरी (भलिबल)

–शेरबहादुर खड्का स्मृतिकप विजेता र उत्कृष्ट खेलाडी

–प्रथम सभामुख कप रोल्पामा पहिलो र उत्कृष्ट खेलाडी

–आरबिबी–एनभिएलिग, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी

–तिज महोत्सव राष्ट्रिय भबिल पोखरा, पहिलो र उत्कृष्ट खेलाडी

–आदीआवादी लिग काठमाडौं दोस्रो     

–२२औं राष्ट्रिय महिला भलिबल, बाग्लुङ पहिलो र उत्कृष्ट खेलाडी

–दोस्रो न्यु डायमण्डकप काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी

–दोस्रो सभामुख कप, पोखरा पहिलो र उत्कृष्ट खेलाडी

–ढोरपाटनकप काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी

–दिदीबहिनी कप पहिलो र उत्कृष्ट खेलाडी

–आइजिपिकप, काठमाडौं पहिलो

सीता रानामगर (क्रिकेट)

–घरेलु र नेपाली महिला क्रिकेटले गतबर्ष खेलेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अलराउण्ड प्रदर्शन

–थाइल्याण्डमा भएको वुमेन्स टी–२० स्म्यासमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी

–पाँच खेलबाट कूल १ सय ३८ रन । प्रतियोगितामा सर्वाधिक रन बटुल्ने चौथो खेलाडी 

–टी–२० स्म्यासमा तीन विकेट लिन सफल

–थाइल्याण्ड मै सम्पन्न आईसीसी वुमेन्स टी–२० वल्र्डकप एसिया रिजन क्वालिफायरमा कूल आठ विकेट र ब्याटिङमा पनि सर्वाधिक ४२ रन सहित ७७ रन जोड्न सफल

नीमा गुरुङ (तेक्वान्दो)

–युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक

–युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा टिम स्पर्धामा पनि रजत

–दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत

–फुजैरा ओपन तेक्वान्दोमा कास्य पदक

–एसियाली खेलकुदमा सहभागी

मनिताश्रेष्ठप्रधान जुडो

–थाईल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपकी स्वर्ण विजेता खेलाडी

–दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा कांस्य पदक

–दक्षिण एसियाली जुडो च्याम्पियनशिपको टिम स्पर्धामा रजत पदक

–एसियन गेम्स र विश्व जुडो च्याम्पियनशिपमा सहभागी


वर्ष २०७५ काउत्कृष्ट युवा खेलाडी

अजितकुमार यादव (एथलेटिक्स)

–राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण

–तेस्रो एसिएनयुथएथलेटिक्स च्याम्पियनसिपहङकङ ३००० मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण

–२३औं एसियन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रि«य किर्तिमानमा सुधार

–काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण

–बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण

–मदन भण्डारी रोडे रेस ५ किमिमा स्वर्ण

प्रिन्स दाहाल (ब्याडमिन्टन)

–दुबई जुनियर ईन्टरनेशनल सिरिजको यू– १५ मा स्वर्ण पदक

फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा हराउँदै किर्तिमान

–उमेर समुहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी

–प्रेसिडेन्टस कप जुनियर ईन्टरनेशनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा स्वर्ण पदक

–साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजतपदक

–अन्नपूर्ण ईन्टरनेशनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

–जेष्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिगल्समा कांस्य

–आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू– १७ मा स्वर्ण

–प्रथम दुर्गादेवी अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण

–१५औं कृष्ण मोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू–१७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

मन्जलीकुमारी योन्जन (फुटबल)

–साफ महिला च्याम्पियनसिप उपविजेता

–हिरो गोल्डकप २०१९ उपविजेता

–२०२० ओलम्पिक छनोट एसिया क्षेत्र (पहिलो चरण पार गरेर दोस्रो चरण प्रवेश)

–साफ यू–१८ च्याम्पियनसिप उपविजेता

–एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा दोस्रो चरण प्रवेश

ललितनारायण राजवंशी (क्रिकेट)

–उत्कृष्ट बलिङ गर्दै राष्ट्रिय क्रिकेट टोलीमानियमित रुपमा स्थानबनाउन सफल

–आईसीसी टी–२० बिश्वकप एसिया रिजनल क्वालिफायर बी मा कूल ११ विकेट लिने खेलाडी

–मलेसियामा भएको एसीसी एसियाकप क्वालिफायरमा किफायती बलिङ गर्दै तीन विकेट लिन सफल

–युएईलाई टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा पराजित गर्दा निर्णायक खेलमा दुई विकेट लिन सफल

–प्रधानमन्त्रीकप राष्ट्रिय एकदिवसीयमा ६ विकेट लिने बायाँ हाते स्पिनर

विजयश्रेष्ठ (कराँते)

–१५औँ एसियन प्यासिफिक सितेरियो कराँते च्याम्पियपिमा ५५ केजीमा स्वर्ण विजेता

–पहिलो राउन्डमा बाई पाएका उनले हङकङ, चिन र श्रीलंकाका खेलाडीलाई हराएर स्वर्ण

–टोकियोमा भएको नवौँ अन्तर्राष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा ६० केजी मुनि कांस्य 

–पहिलो चरणमा चीन, दोस्रो चरणमा हङकङका खेलाडीलाई हराए पछि सेमिफाइनलमा काजकस्तानका खेलाडीसँग पराजित । यद्यपि तेस्रो स्थानका लागि भएको खेलमा आइभरिकोस्टका खेलाडीलाई हराएर पदक जित्न सफल ।


वर्ष २०७५ का उत्कृष्ट प्रशिक्षक

योगेश भट्टराई (प्याराग्लाइडिङ)

–नेपाललाई एसियाडमा २० बर्षपछि रजतपदक दिलाउँदाका मुख्य प्रशिक्षक

–नेपालमा भएको प्याराग्लाइडिङ एक्युरिसी वर्ड कपमा नेपाली टोलीलाई कांस्य पदक जिताउन सफल

–कोरियामा भएको प्रि वर्ड कपक्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक

–राखेपमा भर्खर प्याराग्लाइडिङको प्रमुख प्रशिक्षकमा नियुक्त, आगामी सागको जिम्मेवारी 

–नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङलाइडिङका सल्लाहकार

हरि खड्का (फुटबल)

—साफ महिला च्याम्पियनसिप २०१९ उपविजेता

—हिरो गोल्डकप २०१९ उपविजेता

—२०२० ओलम्पिक छनोट एसिया क्षेत्र (पहिलो चरण पार गरेर दोस्रो चरण प्रवेश)

धनीराम चौधरी (एथलेटिक्स)

–एपीएफका धनीराम चौधरीको प्रशिक्षकत्वमा १७ वर्षीय धावक अजीत यादव हङ्कङमा भएको तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियन्सीपमा तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सकेन्ड समय लगाएर ४५ राष्ट्रका धावकलाई पछाडि पार्दै स्वर्ण पदक जित्न सफल ।

–नेपालले एथलेटिक्समा अहिलेसम्म एसियाली स्तरमा जितेको यो पहिलो स्वर्ण

–एसियाली खेलकुदमा उनकै रेखदेखमा प्रशिक्षण गरेका आठ हजार मिटर दौडमा सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान

–एसियाली खेलकुदमै महिला आठ हजार मिटर दौडमा व्यक्तिगत समय सुधार्ने धाविका सरस्वती भट्टराईका प्रशिक्षक

जगत टमाटा (क्रिकेट)

–नेपाललाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखला जिताउने प्रशिक्षक

–उनकै प्रशिक्षणमा नेपालले युएईलाई तीन म्याचको श्रंखलामा २–१ ले हराउन सफल

–टमाटाकै प्रशिक्षणमा नेपाललाई युएईबिरुद्ध नै तीन म्याचको टी–२० श्रृंखलाको उपाधि

–नेपाली क्रिकेट इतिहासको पहिलो एकदिवसीय श्रंखलामा नेदरल्यान्ड्सविरुद्ध बराबरी गर्न सफल

–नेपालले आईसीसी टी–२० विश्वकपएसिया रिजनल क्वालिफायर बी को उपाधी जिताउन सफल

ज्ञानेन्द्र विष्ट (भलिबलएपिएफ)

–शेरबहादुर खड्का स्मृतिकपमा पहिलो

–रोल्पामा भएको प्रथम सभामुखकपमा उत्कृष्ट प्रशिक्षक

–आरबिबीएनभिए लिग, काठमाडौं पहिलो   

–तिज महोत्सव राष्ट्रिय महिला भलिबल पोखरा पहिलो र उत्कृष्ट प्रशिक्षक

–आदीआवादी लिगमा उपविजेता

–२२औं राष्ट्रिय महिला भलिबल, बाग्लुङ पहिलो

–दोस्रो न्युडायमण्ड कपमा पहिलो र उत्कृष्टप्रशिक्षक

–दोस्रो सभामुखकप, पोखरा पहिलो र उत्कृष्ट प्रशिक्षक

–ढोरपाटन कप, काठमाडौं पहिलो र उत्कृष्ट प्रशिक्षक

–दिदीबहिनी कप, पहिलो र उत्कृष्ट प्रशिक्षक

–आइजिपिकप, काठमाडौं पहिलो र उत्कृष्ट प्रशिक्षक    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.