|
नेकपा कार्यकर्ताबाट कुटिएका कांग्रेसका एक कार्यकर्ता

कञ्चनपुर : गृहजिल्लामा आएकी खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेस कार्यकर्ता नेकपाका कार्यकर्ताबाट कुटिएका छन् ।

मन्त्री मगरलाई जिल्लाको डोकेबजारमा कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका हुन् । 

नेकपा कार्यकर्ताको आक्रमणबाट कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका स्थानीय नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् । घाइतेमध्ये चन्दको सेती अस्पतालमा उपचार भइरहेको कांग्रेस कञ्चनपुरले जनाएको छ। 

मन्त्री मगर बेलौरी र पुनर्वासमा हुने नगरसभाको अतिथिका रुपमा कञ्चनपुर पुगेकी हुन्। मन्त्री मगरले जनताको काममा बेवास्ता गरेको आरोपमा कांग्रेसले चक्काजाम गर्ने तयारी गरेको थियो। 

मन्त्री मगर धनगढीमा रहेको समाचार पाएपछि कांग्रेसका कार्यकर्ताले सडक अवरुद्ध गर्न खोजेका थिए। त्यसक्रममा नेकपाका कार्यकर्ताले बाटो खोल्दा विवाद भएको थियो। विवादकै क्रममा कांग्रेसका कार्यकर्ताहरु कुटिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.