|

पर्सा : वीरगन्ज भन्सार कार्यालयको पूर्वपट्टी पर्सा बारा जिल्लाको बीच सीमाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइसकिएको २ लाख ५६ हजारको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ को टोलीले मंगलबार बरामद गरेको हो।

वीरगन्ज भन्सारभन्दा पूर्वतर्फ पर्सा र बाराको सिमानाबाट अवैध तरिकाले भंसार छली चोरी पैठारी गरी नेपाल प्रवेश गराइएको सामान बरामद गरिउको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक तिलक खड्काले बताए। प्रहरीलाई देखेपछि मानिस भने फरार रहेकोले नियन्त्रणमा लिन नसकिएको उनले बताए।

सशस्त्र प्रहरीको राजश्व भंसार गस्ती गुल्मले मंगलबार पक्राउ गरेका सामानहरुमा विभिन्न किसिमका लत्ताकपडा, हार्इवेयरका सामान र किरानाका सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरेका सबै सामान मंगलबार नै भन्सार प्रकृयाका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी राजश्व भंसार गस्ती गुल्मका प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.