|
फाइल तस्बिर

हेटौँडाः प्रदेश ३ को विनियोजन विधेयकमाथि संसदमा छलफल सुरु भएको छ। कांग्रेसको अवरोधपछि आधा घण्टा स्थगित भएर पुन सुरु भएको छलफलमा हंगामा भएको छ।

सत्तापक्षकै सांसदले बजेट मन्त्रीमुखी भएको भन्दै चर्को विरोध गरे। नेकपाका सांसद हिरानाथ खतिवडाले सन्तुलित बजेट नआएको भन्दै सरकारले मन्त्रीहरुको क्षेत्रमा मात्रै बजेट पारेको आरोप लगाए। खतिवडाले बजेटको विषयमा भोट गर्नु पर्ने भएता पनि समर्थन गर्न नसक्ने स्थितीमा आफू रहेको बताएका हुन्। उनले बजेटको विषयमा मन्त्रीहरुले पुनः समीक्षा गर्नु पर्ने बताएका थिए।

यस्तै नेकपाकै सांसद ओम ग्लानले प्रदेश नीति तथा योजना आयोगले बजेट निर्माणको लागि भन्दै योजना मागेको तर बजेटमा योजना अपरहण भएको बताए। उनले ग्रामीण विकास नभई समृद्धि नआउने भन्दै भूगोलअनुसार बजेट विनियोजन गर्नुपर्ने बताए। नेकपाकै सांसद आङ देण्डी लामाले प्रदेश सरकारले ल्याएको बजेटबाट समृद्धि नआउने बताए। उनले प्रदेश सरकारलाई टुक्रे योजनाले समृद्धि आउँछ? भन्दै प्रश्न गरेका थिए। सभामुख सानुकुमार श्रेष्ठले नेकपाका सांसद प्रदीप कुमार कटुवाल श्रेत्रीलाई बोल्नको लागि समय दिए पनि बसेरै उनले “म बोल्दिन सभामुख महोदय” भनेपछि संसदमा खैलाबैला भएको थियो।  उक्त अभिव्यक्तिपछि नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेश सभा सचिवलाई बोल्नेको सूचीबाट नाम काटिदिन आग्रह गरेका थिए। 

यस्तै प्रतिपक्ष दलका सांसदले पनि बजेट मन्त्रीमुखी र बतासे भएको भन्दै आलोचना गरेका थिए। नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले बजेतट वित्तिय अनुशासन विपरित आएको आरोप लगाईन्। उनले आक्रोश पोख्दै भनिन् 'सांसदले योजना छनौट गर्दा ५० लाखको भन्दा माथि ल्याइजो भन्ने मन्त्रीहरूले आफ्नो क्षेत्रमा १० लाख सम्मको योजना ल्याउने?'

कांग्रेसकै सांसद न्हुच्छे नारायण श्रेष्ठले समानुपातिक सांसदलाई बजेटमा कुनै पनि दर्जा नदिएकोमा दुःख लागेको बताए। प्रदेश स्वंसेवक नाममा कार्यकर्ता भर्ति गर्न खोजेको भन्दै तलब दिए पछि स्वंसेवक नहुने तर्क गरेका थिए। कांग्रेसका सांसद प्रभात तामाङले प्रदेश सरकारले आर्थिक अपचलन गरेर बजेट ल्याएको आरोप लगाएका थिए।

क्लिन फिडको संसदमा समर्थन

संघिय संसदमा विचाराधिन रहेको विज्ञापन विधेयकको ३ नम्बर प्रदेशमा समर्थन भएको छ। विवेकशील साझाका प्रदेशसभा सदस्य रमेश पौड्यालले समर्थन गरेका हुन्। उनले संघिय सरकारले उक्त विधयेक कानुनको रुपमा लागू गरे नेपाली कला, मौलिकता जोगाउन विज्ञापनबाट महत्वपूर्ण भूमिका खेल्ने भन्दै क्लिन फिड लागु गर्ने पर्नेमा जोड दिएका हुन्।

तर उनले ३ नम्बर प्रदेशको बजेट मन्त्रीमुखी, माफियामुखी र ठेकेदारमुखीको आरोप लगाएका छन्।  विनियोजन विधेयकको छलफल भोली बुधबार ११ बजे सम्मको लागि स्थगित भएको छ।  

पत्रकारलाई अवरोध 

३ नम्बर प्रदेशसभाको विनियोजन विधेयकमाथि छलफल प्रारम्भमा नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि पत्रकारलाई प्रदेश सभाको फोटो खिच्न रोक लगाइएको छ। संसद अवरुद्धको फोटो खिच्न वैठकहलमा पत्रकारलाई छिर्न नदिइएको हो।

पत्रकारहरूले खिच्न पाउनुपर्ने भन्दै माग गरे पनि सभामुखको आदेशमा मर्यादापालकले पत्रकारलाई रोक लगाएका हुन्। संसद अवरुद्ध भएको फोटो खिच्न नपाइने भन्दै पत्रकारलाई कलम डायरी मात्र लिएर संसदभित्र प्रवेश गर्न दिइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.