राजनीति

सांसद दासमाथि सिडिओद्वारा अभद्र व्यवहार
SHARES

असार १०, २०७६

    जनकपुरधाम : समाजवादी पार्टी नेपालकी प्रदेश सांसद चमेलीदेवी दासलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आफ्नै कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन्।

    लक्ष्मीनियाँ गाउँपालिका ६ का किशोरी यादव विगत १० दिनदेखि हराएको नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय दौडिरहेका थिए। तर पनि प्रतिलिपि नपाएपछि उनले सांसद दासलाई गुहारे। त्यसपछि सांसद दास उनलाई प्रतिलिपि दिलाउन सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पुग्दा प्रजिअ कणेलले दुर्व्यवहार गरेका हुन्।

    आफूमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरमा पत्रकार सम्मेलन गरी सांसद यादवले सिडिओ कणेललाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिन्। उनले भनिन्, ‘प्रतिलिपिका लागि लाइनमा बस्दा यादव बेहोस् भयो। त्यसपछि म आफैँ करिब ४ घण्टा लाइनमा बसेँ। तर कर्मचारीले वास्ता नगरेको गुनासो सिडिओसँग राख्दा उहाँले दुर्व्यवहार गर्नुभयो।’

    ‘लाइनमा बस्दा बस्दै बेहोस हुन लाग्दा पनि कर्मचारीले केही नबोलेको गुनासो राख्न खोजेको थिएँ,’ उनले भनिन्, ‘म बोल्नै लाग्दा उहाँले चुप लागेर बस्नुस्, नत्र थुन्छु भनेर दुर्व्यवहार गर्नभयो।’ यति मात्र नभएर दुई प्रहरीलाई बोलाएर थुन्ने प्रयाससमेत गरेको सांसद दासले सुनाइन्। उनले सेवाग्राहीको काम नगर्ने र गुनासो गर्दा थुन्न लगाउने सिडिओलाई कडा कारबाही हुनुपर्ने बताइन्।

    यता, सिडिओ कणेलले यो घटनालाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिए। उनले कार्यालयमा सबै खालका सेवाग्राही आउने गरेको भन्दै आफूले सांसद दासलाई दुर्व्यवहार नगरेको दावी गरे। उनले भने, ‘यो सामान्य कुरा हो। तिरलाई तार बनाउनु हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]