|

चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सोच परिवर्तन गर्नुपर्ने बताएका छन।

भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै पौडेलले सडक बनाउनु, भौतिक संरचना निर्माण गर्नुलाई मात्रै विकास सोच्ने पुरानो मानसिकता त्याग्नुपर्ने बताएका हुन। उनले भने ‘प्राय सवै जसो स्थानीय तहबाट सडकबाटोका लागि मात्रै योजना पेस गर्ने गरेको छ। अब सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिक, साँस्कृतिक, धार्मिक विकासका लागी पनि लाग्नुपर्छ। सवैको विकास भएन भने समृद्धि प्राप्त हुँदैन।’

मुख्यमन्त्री पौडेलले सवै क्षेत्रको विकास भएन भने हिड्न गाह्रो पर्ने वृद्धवृद्धा व्यक्तिलाई ठूलो महल बनाएर माथिल्लो तलामा राखेजस्तै हुने उदाहरण दिएका छन। उनले भौतिक पूर्वाधारसँगै सामाजीक विकासलाई जोडेर समाजवाद उन्मुख कार्यक्रम ल्याए मात्रै सवैले चाहेको समृद्धि प्राप्त हुने बताए। 

यस्तै मुख्यमन्त्री पौडेलले नीति कार्यक्रम जति राम्रो ल्याए पनि त्यसलाई पुरा गर्ने बजेट र कार्यान्वयन प्रभावकारी नबनाए कुनै अर्थ नहुने बताए। उनले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर हातेमालो गर्दै अघि बढे जनताले ३ तहको सरकार महसुस गर्ने तर आआफ्नो तरिकाले हिडे समृद्धिको सपना मन्त्र जस्तो मात्रै हुने दावी गरे। 

उनले प्रदेश सरकार कर्मचारी अभाव, नयाँ संरचना लगायत विभिन्न संक्रमणकालबीच अघि बढिरहेकाले सोचेजति काम हुननसके पनि सवै भन्दा उत्कृष्ट प्रदेशका रुपमा अगाडि रहेको जिकिर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.