|
बरामद भएको नगद र मोबाइल फोन

चितवन : विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने एक व्यक्ति चितवनमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका-८ घर भई हाल भरतपुर–३ मा बस्दै आएका ३३ वर्षीय मुकेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकोे छ। 

साहलाई प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा खटिएको टोलीले उनकै डेराबाट मंगलवार राति क्राउ गरेको हो। 
साहको कोठाबाट सट्टेबाजी गराउन प्रयोग गर्ने ६ थान मोबाइल र ३ लाख ४५ हजार ५६ रुपैँया नगद बरामद भएको प्रहरी प्रवक्तासमेत रहेका डिएसपी कोइरालाले बताए। 

यस्तै विभिन्न बैँंक तथा आईएमई लगायतका पैसाको कारोबारसम्बन्धी भौचर र दस्तावेजसमेत फेला परेको प्रहरीले जनाएको छ। 

उनी नेपाली र भारतीय नागरीकलाई सट्टेबाजीमा आवद्ध गराई अन्तराष्ट्रिय सञ्जालमा जोडिएका चितवनका मुख्य गिरोह रहेको पाइएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका साहमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम मुद्धामा अनुसन्धान कारवाही गरिने छ। 

सट्टेबाजी गराउनेलाई बरामद बिगो जफत गरी १ वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय हुने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.