|

चितवन : नवलपुुको गैडाकोट नगरपालिकाले तोकिएको मिति गुज्रिदा पनि नगरपालिकाको बजेट ल्याउन सकेन। 

हरेक गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाले असार १० गत्तेसम्ममा बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि नगरसभा बस्न नसक्दा तोकिएको मितिमा बजेट ल्याउन नगरपालिका असक्षम भएको हो । 

संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयको सर्कुलर अनुसार हरेक स्थानिय तहले असार १० भित्र नगरसभा गरी बजेट ल्याउनेपर्ने हुन्छ। तर नगरपालिकाले भने विभिन्न कारण देखाउदै नगरसभा बस्न नसकेको जनाएको छ।  मेयर छत्रराज पौडेलले उपमेयर केहि समय अघि विष्णुकुमारी कँडेल विरामी भएर उपचारका लागि भारत जाँदा नगरसभाका लागि आवश्यक पूर्वतयारी गर्न नसकिएको बताए। उनका अनुसार उपमेयर कँडेल संयोजकत्वको राजस्व परामर्स समितिको बैठक बस्न नसक्दा नगरसभा बस्न नसकेको हो। 

मेयर पौडेलले नगरकार्यपालिका बैठक आज बस्ने र नगरसभाबारे टुंगो लाग्ने बताए। उनले भने ‘अरु समस्या, विवादका कारण रोकिएको होइन, विभिन्न समितिको बैठक बस्न नसक्दा नगरसभा प्रभावित भयो।’ यद्यपी यस नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच यसअघिदेखि विभिन्न विषयमा हुदैआएको विवादका कारण अहिले आएर नगरसभा समेत प्रभावित भएको भन्दै सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन्। 

यसअघि विवादका कारण कार्यपालिका बस्न समेत सकस परेको थियो। त्यसपछि मेयरले एकैपल्ट नगरसभा गर्ने मनस्थितिमा पुगेका थिए तर कार्यपालिका बैठक बस्नुपर्ने उपमेयरको तिब्र मागका कारण कार्यपालिका बैठक बसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.