|

देशको स्वतन्त्रता दिवस मनाउन  र‌ंगशाला पुगेका सर्वासाधारणको भागदाैडमा किचिएर पूर्वी अफ्रिकी देश माडगास्करमा १६ जनाको मृत्यु भएको छ। 

स्वतन्त्रता दिवसको परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएपछि भाग दाैड मच्चिएकाे त्यहाँका अधिकारीहरुले जनाएका छन्। 

राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। गत सेप्टेम्बरमा फुटबल खेल हुँदा भिडले किचेर त्यही रङ्गशालामा एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी मानिस घाइते भएका थिए।

स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए। परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर जाऊन् भनेर ढोकाहरू खोलिदिएका थिए। तर केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.