|

अर्घाखाँची : अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क-९ का ७०  वर्षीय बोमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।

अर्घाको नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु१च ९४७७ नम्बरको डबल क्याप जिप सन्धिखर्क-१० पोखेडाँडा खहरेखोलामा सडकबाट करिब १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो।

३ जना यात्रु बोकेर गुडिरहेको जिप दुर्घटना हुँदा जिप चालक झबिन्द्र खत्री र अनिल जिसी गम्भीर घाइते भएका छन्। घाइतेमध्ये झबिन्द्र खत्रीको अवस्था चिन्ता जनक रहेको अस्पतालले जनाएको छ। अहिले घाइतेको थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.