|

पोखरा : उत्तरी गोरखाका एक व्यापारी अपहरणमा परेका छन्। धार्चे गाउँपालिका १ यारुबगरका व्यापारी धनकमल गुरुङ बुधबार राति धार्चेकै माछाखोला नजिकैबाट अपहरणमा परेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

आफ्नै खच्चड लिएर आएका उनलाई नचिनेको पाँच जनाको समूहमा आएका युवाले अपहरण गरेको स्थानीयको शंका छ। उनले धपाउँदै आएको खच्चडहरू पनि भारी खोलेर छोडिएको अवस्थामा भेटिएको छ।

गोरखा प्रहरी प्रमुख एसपी भोला रावलले घटनाबारे जानकारी आएसँगै इलाका प्रहरी आरुघाट, माछा खोला प्रहरीचौकी र मान्बु प्रहरी चौकीबाट प्रहरी परिचालन भइसकेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.