कम २६ करोड बजेट राजपुरकाे

|

दाङ : जिल्लाका १० स्थानीय तहमध्ये ७ वटा गाउँपालिकामध्ये राप्ती गाउँपालिकाले करिब ५४ करोड बराबरको बजेट पेश गरेको छ भने सबैभन्दा कम राजपुर गाउँपालिकाले २६ करोड बजेट विनियोजन गरेको छ।  

दाङको राप्ती गाउँपालिकाले करिब ५४ करोड बजेट विनियोजन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष जगदम्वा चौधरीले मंगलबार ५३ करोड ८२ लाख ६६ हजार ८ सय १० रुपैयाँको अनुमानित बजेट पेश गरिन्।

संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदानतर्फ १३ करोड १४ लाख, शसर्त अनुदानअन्तर्गत १५ करोड ६७ लाख, प्रदेश ५ सरकारबाट वित्तीय समानीकरणअन्तर्गत  ४५ लाख ५३ हजार तथा सशर्ततर्फ ८० लाख अनुदान पुँजीगत र ५२ लाख विशेष अनुदान पुँजीगत, आन्तरिक स्रोत तर्फको आय ४ करोड ५ लाख ८५ हजार, जिल्ला समन्वय समितिबाट आगामी आर्थिक वर्षको लागि प्राप्त हुने ३ करोड र गत आवको मौज्दात रकम  ५ करोड १३ लाख गरी उक्त बजेट अनुमान गरिएको हो।

त्यसैगरी, बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सामाजिक विकासलाई प्राथमिकता दिँदै ४७ करोड ७० लाखको बजेट सार्वजनिक गरेको छ।जसमा पुँजीगततर्फ २३ करोड ४० लाख र चालुतर्फ तलव भत्ता, सामाजिक सुरक्षा रकम गरी ३ करोड ३० लाखसहित २४ करोड ३० लाखको अनुमानित बजेट यमुना थापामगरले गाउँसभामा पेश गरिन्। 

गाउँपालिकाले सामाजिक विकासतर्फ २१ करोड ३२ लाख बजेट विनियोजन गरेको छ। शिक्षामा १३ करोड ९४ लाख, स्वास्थ्यमा ७ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष थापाले बताइन।

त्यसैगरी दाङको राजपुर गाउँपालिकाले साढे २६ करोड बढी बजेट विनियोजन गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २६ करोड ६० लाख ११ हजारको अनुमानित बजेट विनियोजन गरेको हो।

संघीय सरकारबाट आएको १९ करोड ४५ लाख,प्रदेश सरकारद्वारा २ करोड ७० लाख ५४ हजार, जिल्ला समन्वय समिति दाङबाट आएको ३ रोड १५ लाख र गाउँपालिकाको आन्तरिक राजश्व संकलनबाट करोड २९ लाख ५७ हजार गरी जम्मा २६ करोड ६० लाख ११ हजार बजेट अनुमान गरिएको हो।

त्यसैगरी दाङको शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि साढे ३४ करोड बढी अनुमानित बजेट पेश गरेको छ। गाउँपालिका उपाध्यक्ष मिथिला शाहले ३४ करोड ७१ लाख ४८ हजार अनुमानित बजेट विनियोजन गरिन। जसमा चालुतर्फ ५ करोड ३० लाख ७ हजार ५८४ र पुँजीगत तर्फ २९ करोड ४१ लाख ४० हजार ४१६ रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ३५ करोड ८८ लाख २२ हजार ९ सय ९९ रुपैयाँको बजेट पेश गरेको छ।

गाउँपालिकाले चालू आर्थिक बर्ष २०७६/०७७ मा संघीय सरकारबाट प्राप्त हुने शसर्त अनुदान रकम ११ करोड ८५ लाख, वित्तीय समानीकरणको ९ करोड ९६ लाख, राजश्व बाँडफाडबाट ८ करोड ७४ लाख, अन्य रोयल्टी १ लाख २४ हजार ९९९, प्रदेश सरकारको वित्तीय समिकरण ४३ लाख ४८ हजार, राजस्व बाँडफाँडको ४६ लाख ५० हजार, समपुरक अनुदान एक करोड ५० लाख, शसर्त अनुदानको ९० लाख, विशेष अनुदान ५२ लाख गरी ३ करोड ८१ लाख ९८ हजार छ। 

आन्तरिक आम्दानीमा १ करोड ५० लाख गरि कुल बजेट ३५ करोड ८८ लाख २२ हजार ९९९ रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को कुल बजेट ३६ करोड ३६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाको बजेट प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले दैनिक कार्यसञ्चालन तथा अन्य प्रशासनिक कार्य, पदाधिकारी तथा कर्मचारी तलव भत्ता लगायतका लागि चालु खर्चतर्फ कुल  ६ करोड ९२ लाख रकम विनियोजन गरिएको बताइन।

त्यसैगरी सार्वजनिक निर्माण, मेशिनरी तथा सवारी साधन खरिदलगायतका कार्यहरू गर्न पुँजीगत खर्च  ८० लाख ५० हजार बजेट विनियोजन गरिएको छ। समपूरक कोषका लागि ७ करोड ५० लाख, कृषि विकासमा ७५ लाख, पशु स्वास्थ्यका लागि २० लाख, शिक्षा क्षेत्रमा ८५ लाख बजेट विनियोजन गरिएको छ। यस्तै गाउँपालिकाले ऊर्जा विकासमा १५ लाख, लैंगिक समावेशीकरणमा १० लाख रकम विनियोजन गरिएको छ।

त्यस्तै जनस्वास्थ्यमा ३५ लाख बजेट विनियोजन गरिएको छ। यसैगरी गाउँपालिकाको पूर्वाधार विकास, आर्थिक विकास तथा सामाजिक विकासका लागि ५ करोड ५१ लाख ७३ हजारलगायतका विकास कार्यका लागि कूल ३६ करोड ३६ लाख २३ हजार बजेट विनियोजन गरिएको छ।

त्यसैगरी, गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ४६ करोड बढीको बजेट प्रस्तुत गरेको छ। कृषि पर्यटन र पूर्वाधार, उत्पादन रोजगारी समृद्धिको आधार भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाले प्रस्तुत बजेटमध्ये नेपाल सरकारको समानिकरण अनुदानबाट १२ करोड ४२ लाख,बसर्त अनुदानबाट १६ करोड १३ लाख, राजश्व बाँडफाँडबाट ११ करोड ३९ लाख, प्रदेश सरकारको समानिकरण अनुदानबाट ४५ लाख २७ हजार छ।

प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ८९ लाख ६८ हजार, नदीजन्य पदार्थ तथा विविध आन्तरिक आम्दानीबाट ३ करोड ७७ लाख र चालुआब को मौजदातबाट १ करोड गरी उक्त बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.