|

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।

रिजल्ट हेर्न यसका लागि अंग्रेजीमा एसइई (See) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनु पर्नेछ। 
यस वर्षको एसईई परीक्षा २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको थियो । उक्त परीक्षामा देशभरबाट करिब चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए। 

जसमा छात्रातर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्रतर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.