|

एयर इन्डियाको विमानमा बम भएको हल्ला फैलिएपछि आपत्कालीन अवतरण गरिएको छ। बमको हल्लापछि विमानलाई लण्डनमा आपत्कालीन अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अवतरणलगत्तै अधिकारीहरूले अहिले विमानको परीक्षण गरिरहेको बताइएको छ। एयर इन्डियाको १९१ मुम्बइ-नेवार्क विमानमा बम रहेको भन्ने खबर आएपछि तुरुन्तै लण्डनस्थित स्ट्यान्स्टेड एयरपोर्टमा आपत्कालीन अवतरण गरिएको थियो।

लण्डन स्ट्यान्स्टेड एयरपोर्टले पनि ट्विट गर्दै यसको जानकारी दिएको छ। एयर इन्डियाको विमान आपत्कालीन अवतरण गर्दा स्ट्यान्टेड विमानस्थन केही बेर ठप्प भएको र अहिले सुचारु भएको पनि ट्विटमा उल्लेख गरिएको छ।

'हाम्रो एयरपोर्ट अहिले खुल्ला भएको छ। यात्रुहरूलाई भएको असुविधाका लागि हामी क्षमा माग्छौँ। एयर इन्डिया विमानको आपत्कालीन अवतरणका क्रममा रनवे केहीबेर बन्द गर्नु परेको थियो। अब यो सुरु भएको छ' लन्डन स्ट्यान्स्टेड विमानस्थलले आफ्नो आधिकारिक ट्विटमा उल्लेख गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.