|

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा बोर्डले एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित यो नतिजा अनुसार कोही विद्यार्थी फेल हुँदैनन्। गत चैतमा भएको एसइई परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी सहभागी थिए। 

कुन जीपीएमा कति उत्तीर्ण?

नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने परीक्षार्थी १७ हजार ५ सय ८० जना छन् । जीपीए ३.२० देखि ३.६० सम्मका ५१ हजार १ सय ३७ जना छन् ।

यो पनि : एसइईको नतिजा प्रकाशित 

जीपीए २.८५ देखि ३.२० सम्म ल्याउने ६३ हजार ७ सय ४१ जना छन् । जीपीए २.४० देखि २.८० सम्म ७६ हजार ५ सय ६४ जना विद्यार्थी छन् । २.० देखि २.४० सम्म ९८ हजार २ सय ७, १.६० देखि २.० सम्म ल्याउने ९५ हजार ३ सय ७ जना छन् ।

यस्तै ४३ हजार ८ सय ४१ जनाले १.२० देखि १.६० सम्म जीपीए ल्याएका छन् । ०.८० देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय २९ रहेका छन्। 

ग्रेड सी र त्यसभन्दा तल अंक ल्याउने विद्यार्थीले यही वर्ष सबै विषयमा जाँच दिनेछन्। नतिजामा चित्त नबुझे परीक्षा प्रकाशित भएको मितिदेखि १५ दिनमा पुनर्योगको निवेदन दिन सकिने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.