|

काठमाडौं : भर्खरै सार्वजनिक भएको एसइई परीक्षाको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टीकी सांसद तथा प्रतिनिधि सभाकी  प्रमुख सचेतक शान्त चौधरीले ग्रेड बी ल्याएकी छन्।

ग्रेड बी ल्याएर एसइई परीक्षामा उनी सफल भएकी हुन्। सांसद चौधरीले आफ्नो मेहनेत अनुसार सफल भएको बताएकी छन्।

चौधरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित तुलसीपुर माध्यमिक विद्यालय केन्द्रबाट परीक्षा दिएकी थिइन्।

यो पटकको एसइईमा कुल चार लाख ७५ हजार तीनजना विद्यार्थी सहभागी थिए। जसमा छात्रातर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्रतर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी थिए।

कति प्रतिशत ल्याउँदा हुन्छ जीपीए ?

९० वा सो भन्दा माथि ए प्लस जीपीए ४
८० देखि ९० को बीचमा ए जीपीए ३.६
७० देखि ८० को बीचमा बी प्लस जीपीए ३.२
६० देखि ७० को बीचमा बी जीपीए २.८
५० देखि ६० को बीचमा सी प्लस जीपीए २.४
४० देखि ५० को बीचमा सी जीपीए २
३० देखि ४० को बीचमा डी प्लस जीपीए १.६
२० देखि ३० को बीचमा डी जीपीए १.२
२० भन्दा कम अंक ल्याउने ई जीपीए ०.८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.