|

सर्लाही : सदरमुकाम मलंगवा ९ मा रहेको सर्लाही आँखा केन्द्रका डाक्टर दीपेन्द्र रजककी श्रीमतीको हत्या भएको छ। बिहीबार मध्यान्ह १२ बजेको समयमा अस्पतालको दोस्रो तलामा रहेको निवासमा बस्दै आएका रौतहट यमुनामाई गाउँपालिका ३ का डाक्टर रजकको अन्दाजी २७ वर्षीय पत्नी सुप्रिया भारतीको हत्या गरिएको छ।

अस्पतालमै अप्टिकल असिस्टेन्टको पदमा कार्यरत ३० वर्षीय अमित बैठामाथि गई एक्कासी हथौडा प्रहार गरी भारतीको हत्या गरेको प्रहरीले जनाएको छ। बैठाले भारतीसँगै रहेको उनका ४ वर्षीय छोरा दिवसकुमार रजकको टाउकोमा समेत प्रहार गरेको छ।

हथौडाको प्रहारबाट दिवसको टाउकोमा गम्भीर चोट लागेको छ। उनको सर्लाही अस्पतालमा मलंगवामा उपचार सम्भव नभएपछि वीरगंज रिफर गरिएको छ। हत्या गर्ने बैठा डा. रजकको भिनाजुको भाई रौतहटका बौधिमाई नगरपालिका सहरमुजुबा निवासी हुन्। घटनामा संलग्न बैठा फरार छन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.