काठमाडौं : यो वर्षको एसइई परिक्षामा सहभागी अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्।
नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना भएकी थिइन् । उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट पुन:अध्ययन थालेर एसइई दिएकी थिइन्।
करिब तीन दशक भन्दा लामो समय नेपाली सिने क्षेत्रमा बिताएकी मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्। यो वर्ष ४ लाख ५० हजार २७५ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।