|

प्युठान : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अधिकांश स्थानीय तहमा रोजगारिको कार्यक्रम सुरु गरिएको छ। बेरोजगारी सूचीमा सूचीकृतलाई न्यूनतम १०० दिनको रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्‍य रहे पनि चालू आर्थिक वर्षमा एक महिने कार्यक्रम सुरु गरिएको छ।

प्रधानमन्त्री रोजगारी कार्यक्रममा बाटो निर्माणदेखि सरसफाइसम्मका कामहरू गरिएको छ। प्युठानको झिम्रुक गाउँपालिकामा भने प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत ढुंगे बगैँचा बनाइएको छ। 

झिम्रुक गाउँपालिकाको वडा ८ को सामुदायिक वनमा  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ढुंगे बगैंचा निर्माण गरिएको जनाइएको छ। तीन लाखको लगानी र ६२ कामदार परिचालित गरिएको गाउँपालिकाले उल्लेख गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.