|
प्रतीकात्मक फोटो

तनहुँ : ट्रकभित्रै महिलालाई जबरजस्ती करणी गरेको आरोपमा चालक र सहचालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ३ सूर्यचोकका ३१ वर्षीय विमल ढकाल र सोही ठाउँका ३२ वर्षीय गोपाल भण्डारी रहेका छन्।

नवलपरासीबाट दमौलीसम्म आउँदै गरेको ना क ४३४९ नम्बरको ट्रक चालक ढकाल र सहचालक भण्डारीले एक महिलालाई ट्रकभित्रै जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार ती महिलालाई नवलपुरस्थित डण्डाबाट लिफ्ट दिई पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेको सडक किनारामा ट्रक रोकी जबरजस्ती करणी गरेको आरोप लागेको छ।

पीडित महिलाले छिर्कनेमा ट्रकभित्रै जबरजस्ती करणी गरेको प्रदेश प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुरुप उक्त ट्रक र वारदातमा संलग्न चालक र सहचालकलाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार उनीहरूलाई व्यास नगरपालिका–३ वनवाटिका चौरनजिक छड अनलोड गर्दै गरेको अवस्थामा मुलुकी फौजदारी कार्यविधि संहिता २०७६ को दफा ९(१) बमोजिम पक्राउ गरिएको हो।

पीडित र पीडकको स्वास्थ्य परीक्षण गराई जबरजस्ती करणी मुद्दामा शुक्रबारै तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.