|
Photo : bbc.com

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : डेढ वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउने विषयमा छलफल भएको छ। सदरमुकाम चौतारामा बुधबार बेलुका चीनको नेलामका प्रमुख र सिन्धुपालचोकका सिडिओलगायतको टोलीसँग छलफल भएको थियो। 

छलफलमा नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक देखिएको भएपनि बाटोको कारण देखाउँदै नाका खुल्न ढिला भएको बताएको छ। चीनको खासादेखि सिन्धुपाल्चोकको मितेरी पुलसम्म सडक बनेपछि नाका खुल्ने चिनियाँ पक्षले बताएको छ। मितेरीदेखि खासासम्मको सडक बनेपछि नाका खुलाउने चिनियाँ पक्षको भनाइ उदृत गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए। नाका नखुल्दा नेपालको आर्थिक वृद्धि हुन नसकेको चिनियाँ पक्षको भनाइ थियो।

छलफलमा सहभागी तातोपानी भन्सारका प्रमुख दिव्यराज पोखरेलले चिनियाँ पक्षको भनाई उदृत गर्दै भने- 'खासालगायत ठाउँका स्थानीयले पनि नाका चाँडै खुलाउन दबाब दिएको चिनियाँ पक्षले बताएको थियो।'

चीनको तर्फबाट नेलामका सिडिओ पेङ लु उईलगायतको १७ जनाको टोली छलफलमा सहभागी भएका थिए। सिन्धुपाल्चोका सरकारी कार्यालयका प्रतिनिधि पनि सहभागी भएका थिए। उनीहरुले नाका बन्द भएपछि कार्यालयले ब्यहोर्नु परेको समस्याबारे बताए। भूकम्पपछि बन्द भएको तातोपानीका नखुल्दा राज्यले करिब १२ अर्ब राजश्व गुमाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.