|

सुनसरी : दुई महिना अघिदेखि नै माहोल तातिएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार सम्पन्न भएको छ। नयाँ नेतृत्वको लागि इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसमा बिहान साढे ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ सकिएको हो।

निर्वाचनमा बिहानैदेखी मतदाता लाइनबद्ध भई निर्वाचनमा सहभागी भए। चुनावी प्रतिष्पर्धामा नेकपा समर्थित शैलेश विष्ट र नेपाली कांग्रेस र राप्रपाको संयुक्त प्यानलबाट भीम पौडेलका गरी दुई प्यानल रहेका छन्। कार्यसमितिमा अध्यक्षसहित १९ जनाको टिम निर्वाचित हुन्छन्। जसमा वाणिज्यबाट ९ जना, उद्योगबाट ४ जना, वस्तुगत संघबाट २ जना, महिला २ जना, एसोसिएटबाट १ जना सदस्यहरू निर्वाचित हुनेछन।

उत्पादनमूलक क्षेत्रकालाई उद्योग, व्यापार क्षेत्रकालाई वाणिज्य, विभिन्न वस्तुका कारोबारीको संघलाइ वस्तुगत संघ र ५० लाख माथि पूँजी भएकोलाई एसोसिएट भनेर विभाजन गरिएको छ। महिला र अध्यक्षका प्रत्यासीलाई सबै सदस्यले भोट हालेका छन्। वाणिज्य, वस्तुगत, उद्योण र एसोसिएट तर्फका सदस्यहरूलाई भने सम्बन्धित क्षेत्रका व्यवसायीहरूले भोट हालेका छन्।

स्थानीय तहको निर्वाचनको झल्को

यसैबीच पूर्वकै उदाउँदो शहरको रुपमा रहेको इटहरीका व्यापारीको चुनावले स्थानीय तहको झल्को दिएको छ। व्यापारीको संस्था उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार निर्वाचन भएको छ।

उक्त भएको निर्वाचनले २ वर्षअघि भएको स्थानीय तहको चुनावको झल्को दिएको छ। मत हाल्न मतदाता व्यापारी बिहानैदेखि लामबद्ध भएका थिए। बिहान ८:३० बजेबाट सुरु भएको निर्वाचनमा मतदाता व्यापारी बिहान ७ बजेदेखि नै लाइनमा बसेका थिए।

दुई समूहका टिमलाई दुई पार्टीले समर्थन गरेका छन्। विष्टको टिमलाई नेकपाले समर्थन गरेको छ भने पौडेलको टिमलाई नेपाली कांग्रेसले समर्थन गरेको छ। व्यापारीसँगै स्थानीय स्तरमा दुई पार्टीको जुगाँको लडाइँले गर्दा पनि यस पटक उद्योग वाणिज्य संघको चुनाव बढी प्रतिस्पर्धात्मक भएको छ।

चुनाव आफ्नो पक्षमा पार्न दुवै खेमाका स्थानिय तहका प्रमुख, प्रदेश सभासददेखि पार्टीका केन्द्रीय सदस्यसमेत लागिपरेको देखिन्थे। उद्योग वाणिज्य संघ इटहरीमा यस वर्ष ६ हजार बढी मतदाता रहेका छन्। मतगणना भने भोलि आइतबार मात्र गरिने निर्वाचन समितिले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.