|

मुगु : मुगुको पूर्वी करान क्षेत्रमा रहेको मुगम कार्मारोङ गाउँपालिकाका लेकहरुमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयवासीहरु फर्कन थालेका छन्। जुम्ला, मुगु, कालीकोट, जाजरकोटलगायतका यार्सा संकलकहरु पाटनबाट फर्कन थालेको मुगम कार्मारोङ गाउँपालिकाको कार्यालयले जनाएको छ। 

गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीका अनुसार यार्सा संकलनका लागि गएको स्थानीवासी दुई साताअघिदेखि फर्कन थालेका हुन्। जिल्ला सदरमुकाम गमगढीको बाटो हुँदै घर फर्किएका जुम्ला गोठीचौर गाउँपालिकाका वीरबहादुर बुढाले यार्सा संकलका लागि लेक गएका सबै नफर्किएको बताए। केही भने असारे काम गर्न फर्किएको बताए।

यस वर्ष विगतका वर्षहरुभन्दा बढी यार्सा पाइएको बुढाले बताए। यार्सा संकलनका लागि पाटन गएकाहरु असार अन्तिमसम्म फर्किसक्छन् । मुगुको उच्च हिमाली पाटन मुगुमकामारोग गाउँपालिकाका सानो कोइकी, ठूलो कोइकी, छुमरु, रिमाण, चार्कु, छापाखोला लगायतका वनमा यार्सा पाइन्छ। 

वन लसुनको सिजन सुरु 

यार्सा संकलनको सिजनपछि वन लसुन संकलनको सिजन सुरु भएको छ। यस क्षेत्रका बासिन्दा वन लसुन संकलनका वनतिर जाने तयारीमा छन्।

केही मानिसहरु यार्सा संकलन पाटनबाटै वन लसुन पाइने वनतिर गएका छन्। वन लसुनको मूल्य राम्रो हुने भएकाले अधिकांश युवा वन लसुन संकलनका लागि पाटन जाने गर्दछन्।

वन लसुनको प्रतिकेजी ३५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। वन लसुन पाँच हजार मिटरभन्दा माथिको उचाइमा पाइने वनस्पति हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.