|

जनकपुरधाम : सर्लाहीमा बाललको मृत्यु भएको घटनामा प्रदर्शन गरिहरेका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको घटनाको प्रदेश सरकारले छानबिन गर्ने भएको छ। 

उक्त घटनाको छानबिनका गर्न आइतवार राति आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव अरुणकुमार झाको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गरेको हो। घटनाको सत्य तथ्य पत्ता लगाई यथासिघ्र दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई निर्देशन दिएको छ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सामान्य विवादको क्रममा प्रहरीले गोली चलाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रहरीले चलाएको गोली मृतकको टाउकोमा लागेको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न समिति समेत गठन गरेको जानकारी दिए। मृतक परिवारलाई क्षतिपुर्ती र घाइतेको उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने यादवको भनाइ छ।

सर्लाहीको ईश्वरपुर नपा–१३ स्थित खोलामा अवैध रुपमा स्काभेटर चलाउँदा बनेको खाल्टोमा डुबेर १२ वर्षीय बालक अनिष रामको मृत्यु भयो। त्यसपछि आइतबार आक्रोसित स्थानीय प्रदर्शन गरी पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्दा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय देवन महराको मृत्यु भएको हो। झडपमा प्रहरीसहित १५ प्रदर्शनकारी घाइते छन्। उनीहरुको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.